‘विनियोजन विधेयकले समाजवाद निर्माणको लक्ष्य समेट्नुपर्छ’: पूर्वअर्थमन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायमा आधारित समाजवाद निर्माणको आधार तय हुने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई संशोधन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा यस्तो आग्रह गरेका हुन् ।

पूर्वअर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सरकार पुन:गठन भएको अवस्थामा उठेका विषय र अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गरेका छन् ।

संविधानको मर्म र भावनाअनुसार समाजवादोन्मुख अवधारणामा बजेट आउनुपर्ने बताएका छन् । साथै, उनले अर्थतन्त्रलाई बलियो बनाउँदै विदेशमा रहेका श्रमिक नेपाली दाजुभाइलाईसमेत सचेततापूर्वक समेट्नुपर्नेमा जोड दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्