प्रधानमन्त्रीद्धारा सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री लामिछानेमार्फत शुक्रबार आयोगको प्रतिवेदन ग्रहण गर्दै यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले लामिछानेलाई कसैको दबाब र प्रभावमा नपरी प्रक्रिया अनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन आग्रह गरेका छन् ।

यस्तै, निर्देशनपछि उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको उनको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएा थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्