आइतबार सुनको मूल्य घट्यो, चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १५ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ७ हजार ७० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख ६ हजार ६ सय ५५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १३ सय १२ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्