बुधबार सुनको मूल्य स्थिर रह्यो, चाँदीको मूल्य भने घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मुल्य स्थिर रहेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १५ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ७३ हजार ४० रुपैयाँ, तेजावी सुनको मुल्य १ लाख ६८ हजार २५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १३ सय ३ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्