बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौं दिन (आज) बिहीबार सुनको बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २६ सय रुपैयाँले बढेर १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १५ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ९ हजार ५ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३३ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्