कारोबारको अन्तिम दिन १५.३७ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम  दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको  छ । बधुबारको  तुलनामा बिहीबार नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको १८ करोड ५५ लाख २ हजार ७ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजारमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंक लिमिटेड प्रोमोटर सेयरको भएको छ । उक्त कम्पनीको १२ अर्ब १३ करोड २८ लाख १ हजार रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा धौलागिरी लघुवित्त वित्तीय संस्थाका  लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्