आइतबार डल्ले च्याउको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज करेलाको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आइतबार रुख टमाटर १ सय ५० रुपैयाँ, गोलभेडा ठूलो(भारतीय) ७०, गोलभेडा सानो(लोकल) ३५, सानो गोलभेडा (टनेल) ५०, आलु रातो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला १ सय १०, लौका ५०, परवर(तराई) ९०, घिरौला ६०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ६०, भिण्डी ७०, सखरखण्ड ६०, बरेला ४०, स्कुस ४० रहेको छ । आज रायो साग ५० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ४० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ र सौफको साग ९०, जिरीको साग ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार प्याज हरियो ५० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ,  ब्रोकाउली ४०, चुकन्दर ६०, कुरीलो ७ सय, सजिवन १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज सेलेरी ९०, पार्सले १ सय ५०, पुदिना १ सय ५०, इमली १ सय ४०, तामा १ सय, तोफु १ सय ५०, गुन्दुक २ सय ५०, रातो मूला ५० रुपैयाँ, सेतो मूला (हाइब्रीड) ५० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, बोडी(तने) १ सय ६०, मटरकोशा ६० रुपैयाँ, घ्यु सिमि लोकल ५० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ५०, घिउ सिमी (राजमा) १ सय, टाटे सिमि ८० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बकूला ४०, तरुल ७०, कन्य च्याउ १ सय १०, डल्ले च्याउ २ सय ५०, अदुवा २ सय, हरियो खुर्सानी ९०, सुकेको खुर्सानी ४ सय ३०, खुर्सानी हरियो (बुलेट) १ सय ९०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १ सय ५०, हरियो लसुन १ सय १०, हरियो धनिया ४० रुपैयाँमा किनबेच भइरहेको छ । समितिका अनुसार आइतबार हरियो स्याउ(झोले) २ सय २० रुपैयाँ, स्याउ(फूजी) ३ सय, केरा १ सय ३० दर्जन, अनार २ सय ८०, अंगुर १ सय ३०, कालो अंगुर २ सय, भारतीय सुन्तला १ सय, हरियो तर्बुजा ४५, मौसम १ सय ३०, जुनार २ सय ५०, भुई कटहर १ सय ५०, रुख कटहर ८०, काक्रो(लोकल) ९०, काक्रो(हाइब्रीड) ५०, नासपाती(चाइनिज) २ सय, मेवा(नेपाली) ७०, मेवा(भारतीय) ९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यस्तै, आज किनु ९०, स्ट्रबेरी भुईऐसेलु २ सय ५०, किवि ४ सय, आभोकाडो ५ सय, अमला ८०, हरियो छ्यापी ९०, ताजा माछा (रहु) ३ सय ४०, ताजा माछा (बचुवा) २ सय ६०, ताजा माछा (छडी) २ सय ५०, ताजा माछा(मुंगरी) ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्