सोमबार कुरीलोको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरीलोको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आइतबार रुख टमाटर १ सय ५० रुपैयाँ, गोलभेडा ठूलो(भारतीय) ७०, गोलभेडा सानो(लोकल) ५०, सानो गोलभेडा (टनेल) ७०, आलु रातो ४२ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला ९०, लौका ५०, परवर(तराई) १ सय, घिरौला ७०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४० रहेको छ । आज रायो साग ५० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ४० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ र सौफको साग ९०, जिरीको साग ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार प्याज हरियो ५० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मूला ६० रुपैयाँ, सेतो मूला (हाइब्रीड) ४० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ३०, ब्रोकाउली ४०, चुकन्दर ५०, कुरीलो ५ सय ५०, सजिवन १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज सेलेरी ९०, पार्सले १ सय ५०, पुदिना १ सय ५०, इमली १ सय ४०, तामा १ सय, तोफु १ सय ५०, गुन्दुक २ सय ५०, बोडी(तने) १ सय ६०, मटरकोशा ६० रुपैयाँ, घ्यु सिमि लोकल ३० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ३०, घिउ सिमी (राजमा) ८०, टाटे सिमि ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बकूला ५०, तरुल ७०, कन्य च्याउ ८०, डल्ले च्याउ २ सय २०, अदुवा २ सय २०, हरियो खुर्सानी १ सय ६०, सुकेको खुर्सानी ४ सय ४०, खुर्सानी हरियो (बुलेट) १ सय ८०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १ सय ५०, हरियो लसुन ९०, हरियो धनिया ५० रुपैयाँमा किनबेच भइरहेको छ । समितिका अनुसार सोमबार हरियो स्याउ(झोले) २ सय २० रुपैयाँ, स्याउ(फूजी) ३ सय, केरा १ सय ३० दर्जन, अनार २ सय ८०, अंगुर १ सय ३०, कालो अंगुर २ सय, भारतीय सुन्तला १ सय, हरियो तर्बुजा ४५, मौसम १ सय ४०, जुनार २ सय ५०, भुई कटहर १ सय ५०, रुख कटहर ८०, काक्रो(लोकल) ८०, काक्रो(हाइब्रीड) ५०, नासपाती(चाइनिज) २ सय, मेवा(नेपाली) ७०, मेवा(भारतीय) ८० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

यस्तै, आज किनु ९०, स्ट्रबेरी भुईऐसेलु २ सय ५०, किवि ४ सय, आभोकाडो ५ सय, अमला ८०, हरियो छ्यापी ९०, ताजा माछा (रहु) ३ सय ४०, ताजा माछा (बचुवा) २ सय ६०, ताजा माछा (छडी) २ सय ५०, ताजा माछा(मुंगरी) ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्