सोमबार १७.०१ अंकले घट्यो नेप्से परिसूचक, २ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको  छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ४ कम्पनीको ७ करोड ६१ लाख १२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजारमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको २८ अर्ब ९० करोड २५ लाख ८ सय ५६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेड लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा किसन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्