बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले बढेर १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसाही महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ८ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य १ लाख ८ हजार १ सय ९५ रुपैयाँ, १० ग्राम चाँदीको मूल्य १२७७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्