१०.८३ अंकले घट्यो बुधबार नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सयमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । उक्त कम्पनीको ९८ करोड २२ लाख २ हजार ३ सय २०  रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा सर्वोत्तम सिमेन्ट  लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ५.६६ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्