जिल्ला प्रहरी कार्यालय चितवनमा ७ सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनमा ७ सयभन्दा बढी बैंकिङ कसुरका निवेदन परेका छन् । सो कार्यलयमा चालु आर्थिक वर्षको हालसम्म ७ सय ५३ बैंकिङ कसुरका उजुरी परेका हुन् ।

कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो । चालु आर्थिक वर्षमा परेका निवेदनमध्ये १ सय ६५ मुद्दा दर्ता भइसकेको उनले जानकारी दिएका छन् । शाखामा परेका उजुरीमध्ये २० प्रतिशत आपसी मेलमिलाप हुने गरेको कार्कीको भनाइ छ । उनले भने, ‘करिब २० प्रतिशतमा आपसी मेलमिलाप हुने गरेको छ । केही छलफलकै क्रममा छन् ।’

त्यस्तै, निवेदन परिसकेपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई छलफलका क्रममा बोलाउने गरेको प्रहरी नायब निरीक्षक कार्कीले बताएका छन् । छलफलमा सहमति भएर पीडितले आफ्नो रकम पाउने सुनिश्चित भएसँगै मिलापत्र हुने उनको भनाइ छ । कार्कीका अनुसार उक्त शाखामा रु ५० हजारदेखि रु १ करोडसम्मका उजुरीहरु आएका छन् ।

यसैगरी ९ लाख मुनिका निवेदनलाई आर्थिक कारोबारको प्रमाण आवश्यक नपर्ने भन्दै त्यसभन्दा माथिका निवेदनको हकमा आर्थिक कारोबारको प्रमाणसमेत आवश्यकपर्ने उनी बताउँछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्