‘विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ’:-सांसद भट्टराई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद विद्या भट्टराईले परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरुको उत्तरपुस्तिका हराएकामा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताएकी छिन् । उनले प्रतिनिधिसभाको बैठकको शून्य समयमा पुन:परीक्षा दिनुपर्ने भनी त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरेको भन्दै यसबाट विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताएकी हुन् ।

उनले भनिन, ‘विश्वविद्यालयले गत वैशाखमा जनसङ्ख्या र फाउण्डेसन अफ एजुकेशनको परीक्षा लिएको थियो । सोही परीक्षामा सहभागी कम्तीमा १ सय ८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएकाले विश्वविद्यालयले पुन:परीक्षा दिनुपर्ने भन्दै सूचना प्रकाशित गरेको थियो । यसबाट विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ ।’

सांसद भट्टराईले यस प्रकारको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई कडा कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्