१७.३० अंकले घट्यो आइतबार नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज)आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १६ कम्पनीको ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सयमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्ट लिमिटेडको भएको छ । उक्त कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा सर्वोत्तम सिमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ९.९९ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्