पाकिस्तानी क्रिकेटको कप्तानमा बाबर आजम पुन:नियुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई पुन:पाकिस्तानी क्रिकेटको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी-२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर आइतबार बाबरलाई टिमको कप्तान नियुक्त गरेको हो ।

गत वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले गत वर्ष नोभेम्बरमा सबै फर्म्याटका क्रिकेटबाट कप्तानी पद त्याग गरेका थिए । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई पुन: नियुक्त गरिएको ट्विटरमार्फत घोषणा गरेको थियो । बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टि-२० र एकदिवसीय दुबै टिमका लागि बाबर आजमलाई नियुक्त गरिएको हो ।

त्यस्तै, यसअघि अन्तरिम व्यवस्थाका रुपमा टी-२० क्रिकेटका लागि तिब्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । साथै, शान मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो । कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि अस्ट्रेलियामा सम्पन्न टेस्ट क्रिकेटमा भ्रमणकारी पाकिस्तानी टोली ३-० र टी-२० क्रिकेटमा ४-१ ले नराम्रोसँग पराजित भएको थियो ।

संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप अघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्यूजील्यान्ड, आयरल्यान्ड र इङल्यान्ड विरुद्ध टी-२० क्रिकेट खेल्दैछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्