सोमबार अदुवाको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अदुवाको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार  सोमबार भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, सानो गोलभेडा टनेल ८० रुपैयाँ, भारतीय सानो गोलभेडा ७० रुपैयाँ र सानो गोलभेडा तराई ७० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यसैगरी भारतीय सुकेको प्याज ६८ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २८ रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, बन्दा नरिवल १५ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो १५ रुपैयाँ, भन्टा डल्लो १५, तने बोडी ६०, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि २५, हाइब्रिड घ्यु सिमि २५, घ्यु सिमि राजमा ८०, टाटे सिमि ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

यस्तै, तितो करेला १४०, लौका ६०, परवर लोकल ८० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) २०, सलगम ७०, भिण्डी ९०, बरेला ४०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, पालुंगो १०० रुपैयाँ, चम्सुरको साग १०० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग १०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ । आज  हरियो प्याज ४०, बकुला ५०, कन्य च्याउ १००, डल्ले च्याउ २८०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन १२०, कोइरालो १००, रातो बन्दा ४०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ८०, पार्सले १४०, सौफको साग १००, पुदिना १४०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५० रुपैयाँमा  कारोबार भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) १००, भेडे खुर्सानी १४०, हरियो लसुन १२०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन १९०, छ्यापी हरियो ९० रुपैयाँमा कारोबार गरिरहेको छ ।  झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २८०, हरियो अंगुर १४०, कालो अंगुर २००, भारतीय सुन्तला १२०, हरियो तर्बुजा ४०, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १४०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, चाइनिज नासपाती २००, नेपाली मेवा ७०, भारतीय मेवा ७०, किनु १००, स्ट्रबेरी ३००, अमला ८० रुपैयाँ न्युनतम मूल्य समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्