६ सय रुपैयाँले बढ्यो सोमबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मुल्य ६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज ६ सय रुपैयाँले बढेर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख १६ हजार ७ सय ७० रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार २ सय १० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १४४४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्