बिहीबार २ सय रुपैयाँले घट्यो सुनको मूल्य !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १७ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १७ हजार १ सय १५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १६ हजार ५ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १४५७।५० रुपैयाँ कायम गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्