कन्य च्याउको मूल्य बढ्यो, बिहीबार अन्य तरकारी तथा फलफूलको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज गोलभेडा ठूलो (नेपाली) ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, गोलभेडा सानो (टनेल) ३०, भारतीय सानो गोलभेडा ३० रुपैयाँ र सानो गोलभेडा (तराई) ३० रुपैयाँ, रातो आलु ४८ रुपैयाँ र भारतीय रातो आलु ४८ रुपैयाँ, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ४० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ११०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि १००, हाइब्रिड घ्यु सिमि ११०, घ्यु सिमि राजमा १२०, टाटे सिमि ९० रुपैयाँ रहेको छ ।

त्यस्तै, बिहीबार तितो करेला ९०, लौका ३०, परवर (तराई) ११० रुपैयाँ, चिचिण्डो ८० रुपैयाँ, घिरौला ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी ८०, सखरखण्ड ७०, बरेला ६०, स्कुस ६० रुपैयाँ, रायो साग १०० रुपैयाँ, पालुंगो साग १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १२० रुपैयाँ, हरियो प्याज ४०, बकुला ८०, तरुल १००, कन्य च्याउ १३०, डल्ले च्याउ ३००, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली ८०, चुकन्दर ६०, सजीवन ८०, कोइरालो २००, रातो बन्दा ६०, जिरीको साग ७०, ग्याठ कोबी ६०, सेलेरी ८०, पार्सले १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आज सौफको साग १२०, पुदिना १२०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ९०, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी १३०, हरियो लसुन १८०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन १५०, छ्यापी हरियो १०० रुपैयाँ, स्याउ (झोले) २२० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूल विकास समितिले आज अनार २५०, हरियो अंगुर १८०, सुन्तला (भारतीय) १८०, तरबुजा (हरियो) ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, रुख कटहर ७०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ३५, नेपाली मेवा ९०, भारतीय मेवा ९०, आम्बा २००, किनु १२०, स्ट्रबेरी ३५०, आभोकाडो ५५०, किवि ४५० र अमला १०० रुपैयाँ न्युनतम मूल्यमा बिक्री गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्