सामान्य अङकले बढ्यो बुधबार नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङकले बढेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १३ कम्पनीको ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजारमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । सो कम्पनीको ११ करोड ५४ लाख ७९ हजार ३ सय ४७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको भएको छ । सो कम्पनीको ६३ करोड ३० लाख ९३ हजार २ सय ५८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यसैगरी बुधबार सबैभन्दा बढी नाफा पोखरा फाइनान्सका लगानीकर्ताले कमाएका छन् । सो  कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्