३.२४ अङ्कले घट्यो बिहीबार नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिललो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२४ अङ्कले घटेर १९६५.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३ कम्पनीको ६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजारमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । सो कम्पनीको ११ करोड २६ लाख ४६ हजार ८ सय १७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्