बुधबार ०.२१ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ५४ करोड सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६०  बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ५ कम्पनीको ५८ लाख ७४  हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५४  करोड ७० लाखमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । सो कम्पनीको १० करोड ६० लाख २८ हजार ७ सय ८१  रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्