बिहीबार ५.६३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १३ कम्पनीको ७० लाख ५८ हजार ३ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । सो कम्पनीको १६ करोड ९७ लाख १६ हजार ४ सय १८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यसैगरी बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा ओरियन्टल होटलका लगानीकर्ताले कमाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्