‘जलवायु परिवर्तनको असर भोगिरहेको नेपालले निशर्त क्षतिपूर्ति पाउनुपर्छ’: सांसद गौतम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोवित गौतमले संयुक्त राष्ट्रसङ्घीय फोरममा जलवायु परिवर्तनबाट नेपालमा परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे आवाज उठाएकी छिन् । राष्ट्रसङ्घीय एसिया प्यासिफिक आर्थिक र सामाजिक आयोग (यूएनइस्केप)ले थाइल्याण्डको राजधानी बैंकस्थित यूएन क्षेत्रीय कार्यालय (यूएन कन्फरेन्स सेन्टर) मा आयोजना गरेको दुई दिने फेमिनिष्ट फोरममा सहभागिता जनाउँदै उनले यस्तो आवाज उठाएकी हुन् ।

सांसद गौतमले विकसित राष्ट्रले नेपालजस्तो जलवायु सङ्कट सामना गरिरहेको राष्ट्रलाई हेर्न ढिला भएको धारणा राखेकी छिन् । ‘विकसित राष्ट्रले औद्योगिक क्रान्ति, प्रविधिको विकास गरुन्, तर हामी जस्तो देशलाई पनि ख्याल गर्नुपर्छ । नेपालीहरूले कहिल्यै भोग नगरेको विलासिताको मूल्य चुकाउनुपरेको छ । उनीहरूको देशको जस्तो विकास हाम्रोमा छैन । तर, पनि बाढीपहिरो, हिमपहिरो, हिमाल पग्लिने लगातार मारमा छौँ’, उनले भनिन् ।

उनले कार्यक्रममा जलवायुसम्बन्धी कोषलाई महिलामैत्री बनाउनुपर्ने, महिलालाई पहुँच योग्य बनाउनुपर्ने, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री बनाउनुपर्ने र अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिएकी छिन् । जलवायु परिवर्तनबाट नेपाली महिलाले भोग्नुपरेको असर र वित्तीय अनुदानको पहुँचको विषयमा आफ्नो धारणा राखिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्