बुधबार ९.५४ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ७० करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको ८४ लाख ९० हजार ७ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोडमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार पिपुल्स पावर लिमिटेडको भएको छ । सो कम्पनीको ११ करोड ८९ लाख ९५ हजार ३ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आज सेयर बजारमा सबैभन्दा बढी नाफा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्