शुक्रबार न्युरोको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज न्युरोको मूल्य घटेको छ । शुक्रबार न्युरोको मूल्य २० रुपैयाँले घटेर न्युनतम १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ४० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा टनेल ३८, भारतीय सानो गोलभेडा २५ रुपैयाँ र सानो गोलभेडा तराई)३० रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ रातो आलु मुडे ५० रुपैयाँ, र सेतो आलु ४२ रुपैयाँ, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, बन्दा लोकल ३५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली ज्यापु ७० रुपैयाँ, सेतो मुला हाइब्रिड २५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी १००, मकै बोडी ७०, मटरकोशा १८० रुपैयाँ, लोकल घ्यु सिमि ८०, हाइब्रिड घ्यु सिमि ८०, राजमा १३०, भटमासकोसा १२० रुपैयाँमा किनबेच भईरहेको छ ।

आज तितो करेला ४०, लौका ५०, लोकल परवर ८० रुपैयाँ, परवर तराई ७० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी लाम्चो ४०, हरियो फर्सी डल्लो ४०, भिण्डी ३०, सखरखण्ड ७० रुपैयाँ, रायो साग ३० रुपैयाँ, पालुंगो साग १५० रुपैयाँ, चम्सुरको साग १३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १३० रुपैयाँ, हरियो प्याज ७०, कन्य च्याउ १५०, डल्ले च्याउ ३२० , कुरिलो ३००, न्युरो १०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

त्यसैगरी ब्रोकाउली ९०, चुकन्दर ६०, सजीवन ९०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, सौफको साग १३०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १००, खुर्सानी हरियो बुलेट १३०, खुर्सानी हरियो माछे ५०, भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भईरहेको समितिले जनाएको छ ।

शुक्रबार हरियो लसुन ९०, हरियो धनिया १५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १४० रुपैयाँ र छ्यापी हरियो १५० रुपैयाँ, फुजी स्याउ ३००, केरा दर्जन १२०, कागती २४०, अनार ३५०, आँप माल्दह २२०, आँप दसहरी २००, आँप कलकत्ते १६०, हरियो अंगुर १८०, तरबुजा हरियो ३०, मौसम १८०, जुनार ३००, लोकल काक्रो ४५, हाइब्रिड काक्रो १५, चाइनिज नासपाती २२०, नेपाली मेवा ९०, भारतीय मेवा ७०, आभोकाडो ६००, किवि ६००, भुई कटहर प्रति गोटा १८० रुपैयाँ र रुख कटहर ५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्