बुधबार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडोँ । बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ सय रुपैयाँले बढेर १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १९ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्