सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना दुर्घटनाग्रस्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको हो ।

बिहीबार बिहान भे १ च २५६० नम्बरको जीप दुर्घटना भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्