लगातार बढ्दैछ सुनको मूल्य, प्रतितोला कति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसैगरी चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्