स्रोत नखुलेको १ करोड १ लाखसहित एक जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्रोत नखुलेको १ करोड १ लाखसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर-५ का ३७ वर्षीय इसा अन्सारी रहेका छन् ।

उनलाई हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु १ करोड १ लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको हो । प्रहरीका अनुसार उक्त रकम हुन्डी कारोबारको भएको आशङ्का गरिएको छ ।

बरामद रकम, कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइने सशस्त्र प्रहरी बल बराहवाहिनीका सहप्रवक्ता शैलेन्द्र थापाको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्