प्रतिनिधिसभाका सांसदहरूले गराए सदनमा ‘लोडसेडिङ’ बारे सरकारको ध्यानाकर्षण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले सदनमा ‘लोडसेडिङ’ बारे सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले देशका विभिन्न जिल्लामा भएको ‘लोडसेडिङ’ बारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले तराईका जिल्लामा गर्मी बढ्दै गर्दा विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद धवलशम्शेर जङ्गबहादुर राणाले अत्यधिक गर्मी बढेकै बेला विद्युत् कटौती हुँदा थप समस्या भएकाले नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेका छन् । त्यस्तै, सांसद डा.तोसिमा कार्कीले मेलम्ची खानेपानी आयोजनाको रु १ करोड ८० लाख लिटरको ट्याङ्की ललितपुर निर्वाचन क्षेत्र नं ३ मा भए पनि खानेपानीको समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

यता सांसद दीपकबहादुर सिंहले भने नाराहिटी दरबारभित्र रहेका गणतन्त्र स्तम्भ बनेको पाँच वर्ष हुँदा पनि अवलोकनका लागि खुल्ला नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्