मंगलबार तरकारी तथा फलफूलको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३३ रुपैयाँ, तराईको सानो गोलभेडा २०, रातो आलु ५० रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ, रातो आलु (मुडे) ४६ रुपैयाँ र सेतो आलु ४५ रुपैयाँ, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, रातो मुला ४०, सेतो मुला हाइब्रिड ३० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ८०, मकै बोडी ८०, मटरकोशा १५०, लोकल घ्यु सिमी ५०, हाइब्रिड घ्यु सिमी ५०, राजमा ११०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

आज तितो करेला २०, लौका ४०, लोकल परवर ५० रुपैयाँ, परवर (तराई) ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) २०, हरियो फर्सी (डल्लो) २०, भिण्डी २०, सखरखण्ड ६०, स्कुस ६०,रायो साग ३० रुपैयाँ, पालुंगो साग १५० रुपैयाँ, चम्सुरको साग १५० रुपैयाँ, तोरीको साग २० रुपैयाँ र मेथीको साग १५०, हरियो प्याज ८०, कन्य च्याउ १८०, डल्ले च्याउ २८०, कुरिलो २७०, न्युरो ७०रुपैयाँमा किनबेच भईरहेको छ ।

त्यसैगरी ब्रोकाउली ९०, चुकन्दर ७०, सजीवन १२०, रातो बन्दा ६०, जिरीको साग १००, सेलेरी १४०, पार्सले २५०, सौफको साग १५०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भईरहेको समितिले जनाएको छ ।

मंगलबार हरियो लसुन ७०, हरियो धनिया ३५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १७०, छ्यापी सुकेको १४० रुपैयाँ र छ्यापी हरियो १५०, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २००, अनार ३५० , आँप (मालदह) १००, आँप (दसहरी) १००, आँप (कलकत्ते) १८०, हरियो अंगुर ३००, तरबुजा (हरियो) ३५, पाटे तर्बुजा २५, मौसम १४०, जुनार २५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो २०, चाइनिज नासपाती २२०, नेपाली मेवा ८०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १५० , किवि ५५०, आभोकाडो ५५०, रुख कटहर ४० र भुई कटहर प्रति गोटा १५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्