बुधबार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौथो दिन (आज) बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले घटेर १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्