शुक्रबार सुनचाँदीको मूल्य घट्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

बिहीबार १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले घटेर १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्