१६ सय रुपैयाँले बढ्यो आइतबार सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्