बुधबार सामान्य अंकले बढ्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ८ कम्पनीको ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज  सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको २० करोड २३ लाख ३८ हजार १ सय ४० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पनि नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्