बिहीबार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्