आइतबार सुनचाँदीको मूल्य घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २७ सय रुपैयाँले घटेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ५० रुपैयाँले घटेर प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्