आइतबार ५.३७ अंकले घट्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा आज नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १७ कम्पनीको ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३७ करोडमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । सो कम्पनीको १७ करोड १३ लाख ५२ हजार ३ सय ९१ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा रिलायन्स फाइनान्सका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्