सामान्य अंकले बढ्यो सोमबार नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबारको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजारमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त कम्पनीको २४ करोड ३२ लाख १८ हजार ४ सय ९५ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्