प्रधानमन्त्रीले नेपाल आइडल विजेता करण परियारलाई दिए गितार उपहार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका हुन् ।

सो अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिएका थिए ।

प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुख दु:खमा आफू साथमै रहेको जनाएका छन् ।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधना मार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्