आइतबार १४.८३ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ६० करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा आज नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २० कम्पनीको ९१ लाख ७८ हजार ८ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजारमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १२ करोड ८८ लाख ७४ हजार १ सय ५४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्