प्रधानमन्त्री र अध्यक्ष ओलीबीच छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । उनीहरुबीच अझ प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको हो ।

प्रधानमन्त्री निवासमा सोमबार बिहान भएको छलफलमा उनीहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको हो ।

आइतबार पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्