करिब ५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रूसी सेनाले रूसी र युक्रेनी क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको छ । रूसी सेनाले ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोले शुक्रबार जनाएको हो ।

मन्त्रालयले रूसले कब्जा गरेको दाबी गरेका क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिज्झिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको छ । जसलाई रूसले कब्जा गरेको दाबी गरेको छ ।

त्यस्तै, वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिज्झिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा १० वटा युएभी नष्ट गरेको टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रूसले जापोरिज्झिया क्षेत्रलाई कब्जा गरेको दाबी गरेपनि, यस क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गरेको छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्