आइतबार २१.२७ अंकले बढ्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २५ कम्पनीको १ करोड ४० लाख १४  हजार ६ सय २२  कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । उक्त कम्पनीको २१ करोड ७१  लाख ४८ हजार ८ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा सिइडिबि सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मुल्य ५.२५ प्रतिशतले बढेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्