रास्वपाले महामन्त्री मुकुल ढकाललाई पदबाट हटायो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको मंगलबारको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उनलाई हटाएको हो ।

ढकाललाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्ता मनिष झाले जनाएका छन् । उनको साधारण सदस्यता मात्र कायम गरिएको छ ।

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्नसक्ने निर्णय गरेको छ । रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठन गरेको छ ।

पार्टीभित्र बोलेकै कारण महामन्त्री कारबाहीमा पर्ने कुरालाई स्वाभाविक रुपले लिन सकिन्छ र भन्ने प्रश्नमा प्रवक्ता झाले भने, ‘उनले राजनीतिक व्यवहार नदेखाएका कारण कारबाही गरिएको हो ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्