पुँजीगत रकममध्ये ७३.८२ प्रतिशत खर्च

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३.८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो ।

सङ्घबाट पुँजीगत खर्चका लागि रु ५ अर्ब ९८ करोड ३२ लाख ३५ हजार ७ सय ८० विनियोजन भएकामा ७३.८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिएका छन् । उनका अनुसार सङ्घीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१.६४ प्रतिशत खर्च भएको छ ।

चालु खर्चका लागि विनियोजित रकम रु १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार ३ सय १३ मध्ये रु ११ अर्ब ८२ करोड ३६ लाख ६० हजार ३० खर्च भएको शर्माले बताएका छन् । उनका अनुसार जिल्लामा सङ्घीय सरकारबाट प्राप्त रु १८ खर्ब ८८ करोड ५६ लाख ३४ हजार ९३ मध्ये रु १६ अर्ब २४ करोड ६ लाख १३ हजार ६ सय ५४ खर्च भएको छ । विनियोजित कुल बजेटको ८५.९९ प्रतिशत खर्च भएको शर्माले जनाएका छन् ।

प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ७३.६५ प्रतिशत मात्र खर्च भएको छ । लेखा नियन्त्रण कार्यालयका प्रमुख शर्माका अनुसार प्रदेश सरकारबाट प्राप्त चालु खर्चतर्फको ७८.३६ प्रतिशत र पूँजीगततर्फ ७५.८३ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालुतर्फ रु १ अर्ब ६१ करोड ९४ लाख ३० हजार ४ सय ८७ विनियोजन गरेको थियो ।

पुँजीगततर्फ रु ३ अर्ब ३६ करोड १९ लाख २८ हजार विनियोजन भएकामा रु २ अर्ब ४५ करोड ९२ लाख ३१ हजार ७ सय १० खर्च भएको शर्माको भनाइ छ । जिल्लामा प्रदेशबाट रु ४ अर्ब ९८ करोड १३ लाख ५८ हजार ४ सय ८७ विनियोजित भएकामा रु ३ अर्ब ८१ करोड ८१ लाख ६९ हजार ६ सय २५ खर्च भएको छ । जिल्लाको समग्र विकासका कार्यले केही गति लिएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पुँजीगततर्फको खर्च बढेको उनी बताउँछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्