काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४५ रुपैयाँ ४७ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसा रहेको छ । आइतबार बेलायती पाउण्डको खरिद दर १७२ रुपैयाँ ६२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: