सोमबार सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला एक लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ सय रुपैयाँले बढेर एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन १ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्