१५ अर्ब बढीको चिया, अलैची र अदुवा भारत निर्यात

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०-८१ मा रु १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा रु १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको हो ।

आर्थिक वर्ष २०८०-८१ मा काँकडभिट्टाबाट रु ६ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताएका छन् । यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६ सय ४८ मेट्रिक टन चिया निर्यात भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०-०८१ मा यही नाका भएर रु ६ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको ४ हजार ५ सय १० मेट्रिक टन अलैची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा रु एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५ सय ४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषि वस्तुमध्ये एक हो । आर्थिक वष २०८०-८१ मा काँकडभिट्टाबाट रु ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्